पल शाहलाई भेटेर आए लगत्तै रमेश उप्रेती लेखे यस्तो स्टाटस — OSNepal

पल शाहलाई भेटेर आए लगत्तै रमेश उप्रेती लेखे यस्तो स्टाटस

LC (KTM) April 18, 2022 0

काठमाडौँ । अभिनेता रमेश उप्रेतीले तनहुँ पुगेर हिरासतमा रहेका अभिनेता पल शाहलाई भेटेका छन् ।

अभिनेता उप्रेतीले पललाई भेटेर सुख दुखका कुराहरु गरेको उल्लेख गरे । कुराकानीका क्रममा पल शाहले बाहिरी माहोलका बारेमा सोधेको अभिनेता उप्रेतीले बताए ।

अभिनेता उप्रेतीले पलललाई भेटेर फर्किए लगत्तै नाबालिकाले बयान फेरेको खबर बाहिरिएको छ । यो खबरसँगै अभिनेता उप्रेतीले सामाजिक संजालमा आफ्नो धारणा राख्दै भनेका छन् पल भाईलाई भेटेर फर्किए लगत्तै खुशीको कुरा सुन्दैछु ।

यो पनि : नाबालिगको बकपत्र नै अन्तिम नमान्न सक्छ अदालतले, बयान फेर्नेमाथि यस्तो छ सजाय : पल शाह प्रकरणमा पीडित भनिएको पक्षले बयान फेरेको छ । कर णी अभियोगमा थुनामा रहेका शाह प्रकरणमा नाबालिग गायिकाले अदालतमा बकपत्र गर्ने क्रममा पलले कर णी नगरेको भनेर बयान दिएकी हुन् ।

जिल्ला अदालत तनहुँ र नवलपुर दुवैको आदेशले पुर्पक्षका लागि थुनामा रहेका पलविरुद्ध नाबालिगले बयान फेरेपछि घटनाले नयाँ रुप लिने देखिएको छ । जिल्ला अदालत तनहुँमा आइतबार बयानको क्रममा नाबालिग गायिकाले प्रहरीले ज’बर’ज’स्ती आफूलाई हस्ताक्षर गर्न लगाएको तथा उजुरी दिनका लागि द’बाब दिएको भनेर बयान दिएको स्रोतको भनाइ छ ।

बकपत्र गराउँदा पीडित भनिएकी नाबालिग गायिकाले मात्र नभएर उनका बाबुले समेत बयान फेरेका स्रोतको दाबी छ। यो घटनामा पीडित नाबालिग भएकाले उनको बयानभन्दा जाहेरीकर्ता उनका बुवाको बयान महत्त्वपूर्ण हुन्छ । यदि बुवाले पनि बयान फेरेमा अदालतले उनैलाई सजाय सुनाउन सक्ने कानूनी व्यवस्था छ ।

नेपालको कानून बमोजिम कर णी को मुद्दामा जाहेरीकर्ताले बयान फेरेमा आरोपीलाई माग गरिएको न्यूनतम सजायको आधा सजाय हुन्छ । गत चैत २२ गते राजपत्रमा प्रकाशित यौ’न हिं’सावि’रु’द्धका केही ऐन संशोधन गर्न बनेको अध्यादेशमा भनिएको छ, ‘ज’ब’रज’स्ती कर’णी सम्बन्धी मुद्दाको झुट्टा उजुरी वा बकपत्र गर्ने व्यक्तिलाई कर णी सम्बन्धी कसुर गर्ने कसुरदारलाई हुने न्यूनतम सजायको आधा सजाय हुने छ ।’

कर णी मुद्दामा अदालतमा जाहेरवालाले बयान फेर्दा पीडित भनिएकालाई नै सजाय भएका थुप्रै घटना छन् । केही साताअघि मात्रै अछाम जिल्ला अदालतले ज’ब’रज’स्ती कर णी मुद्दामा बयान फेरेको भन्दै १९ वर्षीय युवतीलाई साढे ३ वर्ष कैद सजाय गरेको थियो । आरोपी विरुद्ध माग गरिएको ७ देखि १० वर्ष सजायका आधारमा ती युवतीलाई सजाय निर्धारण गरिएको थियो।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ४४ मा अदालतमा बयान फेर्ने जाहेरवालालाई तीन महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । त्यस्तो अवस्थामा आरोपीलाई क्षतिपूर्तिको समेत व्यवस्था कानूनले गरेको छ । तर २०७७ सालमा अध्यादेशमार्फत ज ब रज स्ती कर णी मुद्दामा बयान फेर्ने जाहेरवालाको हकमा छुट्टै सजायको व्यवस्था गरिएको थियो ।

२०७७ साल असोजमा दाङमा एक बालिका र महिलाले तीन जना युवाविरुद्ध होटेलमा लगेर सामूहिक कर णी गरे को भन्दै प्रहरीमा जाहेरी दिएका थिए । तर उनीहरूले अदालतमा बयान फेरेपछि अदालतले जाहेरीकर्ता महिलालाई एक महिना कैद र आरोपित तीनै जना युवालाई जनही २५ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो । बालिकालाई भने कुनै सजाय तोकिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर