नाबालिकाले बयान फेर्दैमा पल उम्किएलान् ? कारवाहीका लागि पहिला दर्ता गरिएका प्रमाणहरु काफी हुन्छन् की हुँदैनन् ? — OSNepal

नाबालिकाले बयान फेर्दैमा पल उम्किएलान् ? कारवाहीका लागि पहिला दर्ता गरिएका प्रमाणहरु काफी हुन्छन् की हुँदैनन् ?

LC (KTM) April 18, 2022 0

काठमाडौं।

नेपाल बारका निर्वतमान उपाध्यक्ष रक्षा बस्यालले पिडित गायिकाले बयान फेरेकै आधारमा अभिनेता पल शालले सजिलै सफाई पाउँछन् भन्ने कानूनि व्यवस्था नभएको बताएकी छन् ।

उनले मिडियामा आफ्नो धारणा राख्दै पिडित गायिकाले होस्टाईल भएर फेरेको बयानलाई पिडकले उन्मुुक्ति पाउँछन् भन्ने कानूनमा स्पष्ट नलेखिएको बताएकी छन् । अधिवक्त बस्यालले पिडकलाई कारवाहीकालागी फेरिएको बयान भन्दापनि पहिला नै दर्ता गरिएको प्रमाणहरु नै पर्याप्त भएको बताएईन् ।

‘गायिकाले बयान फेर्दैमा पल शाहले सफाई पाउने भन्ने हुँदैन । पहिला दर्ता गरिएको प्रमाणका आधारमा पिडितको शा’री’रि’क र उमेरको अवस्था जुन रेर्कडको रुपमा छ त्यसको आधारमा प्रसस्त रुपमा अनुसन्धान हुनेछन् ।

पिडितले होस्टायल भएर फेरेको बयान कुनै अर्थ हुँदैन । अदालतले पिडकलाई बयान फरेकै आधारमा सफाई दिने भन्दा पनि पिडितलाई कुनैपनि हालतमा न्याया दिनैपर्छ ।’ अधिवक्त बस्याल भन्छिन्,‘अनुसन्धानको क्रममा रहेको विचाराधीन विषयमा अहीले आएर कस्तो र किन बयान फेरियो त्यस्ले त्यति महत्व राख्दैन ।’

कर णीको अभियोगमा थुनामा रहेका अभिनेता पल शाह प्रकरणमा पीडित भनिएकी नाबालिग गायिकाले बयान फेरेकी छन् । जिल्ला अदालत तनहुँ र नवलपुर दुवैको आदेशले पुर्पक्षका लागि थुनामा गएका नाबालिग ‘होस्टाइल’ हुँदै बयान फेरेकी हुन् ।

उनले आज आइतबार जिल्ला अदालत तनहुँमा बयानको क्रममा प्रहरीले ज’बर’ज’स्ती आफूलाई हस्ताक्षर गर्न लगाएको तथा उजुरी दिनका लागि द’बाब दिएको भनेर दिएको बयानले सबैलाई सोच्न बाध्य बनाएको छ ।

पिडित गायिकाले फेरेको बयानको विषयले विभिन्न सञ्चार माध्यमहरु, सामाजिक सञ्जाल, अधिकारकर्मी लगाएत समाजमा नै एक खालको तरंग फैलिएको छ । यस्ता प्रकृतिका घटनामा अन्त्यमा हुने भनेकै बालिका या महिलाहरु नै होस्टाईल हुने चलन भने आजको हैन ।

यो पुरुष प्रधान देश भएको हुनाले यहाँ जहिलेपनि महिलाले नै अन्त्यमा दबाब र प्रभावमा आफ्ना बयानहरु फेर्न बा’ध्य हुन परिरहेको हुन्छ । पिडित गायिका पनि त्यसैको शिकार भएको बताउँछिन् बारका निर्वतमान उपाध्यक्ष रक्षा बस्याल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर