नेपाल व्यवस्थापन संघको कोषाध्यक्षमा हेमा कुमारी — OSNepal

नेपाल व्यवस्थापन संघको कोषाध्यक्षमा हेमा कुमारी

LC (KTM) April 17, 2022 0

काठमाडौं – नेपाल व्यवस्थापन संघको कोषाध्यक्षमा हेमाकुमारी अधिकारी निर्वाचित भएकी छिन् । संघको २० औं प्रबन्ध समितिको हालै सम्पन्न निर्वाचनमा मशरेक बैंककी नेपाल प्रतिनिधी प्रमुख हेमा कुमारी अधिकारी कोषाध्यक्ष पदमा र्निबिरोध निर्वाचित भएकी हुन् ।

अधिकारीले हालै सम्पन्न कार्यकारिणी सदस्यको निर्वाचनमा ३२३ मत प्राप्त गरी कुल उमेदवारहरुमा तेश्रो स्थान र महिला उमेदवारहरुमा सबैभन्दा बढी मत मत पाएकी थिइन् । त्यसपछि नयाँ कार्य समिति अन्तर्गतको प्रबन्ध समितिको निर्वाचनमा उनी कोषाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकी थिइन् ।

उनी बिगत १५ वर्षदेखि मशरेक बैंक, दुबईको नेपाल प्रतिनिधी प्रमुखको रुपमा कार्यरत छिन् । त्यसै गरी उनी यस अघिपनि नेपाल व्यवस्थापन संघको संचालक समितिमा सदस्यको रुपमा कार्यरत थिईन् । उनी लामो समयदेखि अनवरत रुपमा नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा आवद्ध रहदै आएकी छिन् ।

त्यसैगरि अधिकारी सार्क चेम्बर अफ ओमन इन्टरप्रिनियर काउन्सिलको कार्यकारिणी सदस्य, रोटरी इन्टरनेश्नल डिष्ट्रिक्ट ३२९२ (नेपाल र भुटान) को विभिन्न पदहरुमा कार्यरत रहदै आएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर