काठमाडौ ४ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि महानगरको नेतृत्वको टुंगो लगाउन बसेको सत्ता गठवन्धनको बैठक विना निष्कर्ष सकिएको छ ।
बैठकमा माओवादी केन्द्रले भरतपुर महानगरपालिका र चार उपमहानगरपालिकाको नेतृत्व आफुलाई चाहिने दावी गरेको छ भने ,एकीकृत समाजवादीले आफुहरु विद्रोह गरी आएकाले आफुलाई पोखरा महानगर तीन उपमहानगरपालिको प्रमुख आफ्नो दललाई दिनुपर्ने दावी गरेको छ ।
बैठकमा सहभागी जसपाले भने आफुलाई वीरगञ्ज दिने निणर्य गरेर मात्र अन्य ठाउँको निणर्य गर्न भनेका थिए । सबैले आफ्नो अडान राखेपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भने कुनै पनि ठाउँको नेतृत्व अन्य दललाई दिने अवस्था नभएको स्पष्ट पारेका थिए ।
निकट स्रोतले दिएको जानकारी अनुसार बैठकमा थापाले आफ्ना प्रतिनिधिले दिएको सुझावअनुसार आफूहरुले एकठाउँको पनि नेतृत्व दिने अवस्था नरहेको बताएका छन् ।
अब अर्को बैंठक भोली सोमबार ९ बजे बोलाइएको छ । कांग्रेसको पूरै मत कुनै पनि पार्टीमा बाड्न नहुने बताएका थापाले कसैले पनि नेतृत्वमा दावी नगर्न भनेका छन् ।