काठमाडौं. ४ चैंत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भोली सोमबार सचिवालय बैठक बोलाएको छ ।
बैठक पार्टीका कार्यालय च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बोलाइएको हो । प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले दिएको जानकारी अनुसार सोमबार साँझ ६ बजे बैठक बोलाइएको छ ।
सोमबार सचिवालय बैठक अगाडी केन्द्रीय कार्यालयको बैठक समेत बस्ने भएको छ ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको विषयमा केन्द्रीय कार्यालय बिहान ११ बजे केन्द्रीय कार्यालयको बैठक बस्ने भएको हो ।