जनकपुर ४ वैशाख । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले मौका आउने बितिक्कै आफूहरुले राजसंस्था र हिन्दु राज्य घोषणा गर्ने बताएका छन् ।
आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले स्थानीय तह निर्वाचनमा कुनै दलहरुसँग पनि गठवन्धन नगरी आफ्नै बलबुतामा लड्ने भन्दै यस्तो बताएका हुन् ।
‘जनताबाट निर्वाचित जनप्रतिनिधिले देशको शासन व्यवस्था चलाउने नीति राप्रपाको छ’, लिङदेनले भने ।
राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापनाका लागि उपयुक्त वातावरण बनाउने काममा लागिपरेको बताएका उनले मौका आउनेवित्तिकै राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापना हुने दावी गरेका हुन् ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा आफ्नो दलको राम्रो परिणाम आउने समेत बताएका छन् ।