पोखरामा मेयर उपमेयर आकांक्षीबाट कांग्रेसले उठायो साढे ६ लाख — OSNepal

पोखरामा मेयर उपमेयर आकांक्षीबाट कांग्रेसले उठायो साढे ६ लाख

LC (KTM) April 17, 2022 0

पोखरा ४ वैशाख । नेपाली कांग्रेसकले पोखराका मेयर उपमेयरको आकांक्षीबाट मात्रै साढे ६ लाख रपैंया उठाएको छ ।

पार्टीको विधानमा आकांक्षी सिफारिस गर्दा कुनै प्रकारको शुल्क नलिन भनेपछि पार्टीको सहयोगको लागि भन्दै पोखरामा मेयरको आकांक्षीकबाट २५ हजार उपमेयरको आकांक्षीबाट २० हजार असुल गरेको छ ।

हिजो शनिबार बाट सुरु भएको आकांक्षी उम्मेदवार निवेदन आज अपरान्ह्र चार बजे सम्मलाई तोकिएको थियो ।

आज चार बजे सम्म मेयरका १८ जना आकांक्षीबाट चार लाख ५० हजार रुपैयाँ र १० जना उपमेयरका आकांक्षीबाट दुई लाख रुपैयाँ गरी साढे ६ लाख रुपैयाँ उठाएको हो ।

आवेदन मन्त्री, पूर्वसचिवदेखि व्यवसायीसम्मको परेको छ । जसमा मेयरमा गण्डकीका कानून सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले आवेदन दर्ता गराएका छन ।

त्यसैगरी, पूर्वसचिव बाबुराम आचार्यदेखि कांग्रेस गण्डकी सहमहामन्त्री कोपिला रानाभाटको पनि मेयरमा आवेदन परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर