काठमाडौ ४ वैशाख । नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका र चार उपमहानगरपालिकाको नेतृत्व आफुलाई चाहिने दावी गरेको छ ।
आइतबार बसेको सत्तारुढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा माओवादी नेता वर्षमान पुनले यस्तो दावी गरेका हुन् ।
११ उपमहानगरपालिकामध्ये जितपुर सिमरा, घोराही, धरान र हेटौंडाको नेतृत्व आफ्नो दलले पाउनु पर्ने नेता पुनले दावी गरेका छन् ।
साथै, बैठकमा नेता पुनले काठमाडौं, ललितपुर र विराटनगर नेपाली कांग्रेसले लिएर अन्य तिन अरु दललाई दिन समेत प्रस्ताव राखेका छन् ।
त्यसैगरी, पोखरा महानगरमा एकीकृत समाजवादीले दावी गरेको छ ।