काठमाडौं ४ वैशाख । सत्तारुढ दल नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका समिति यही वैशाखमा ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनमा तालमेलको विपक्षमा देखिएको छ ।
आज आइतबार बसेका कांग्रेसको बैंठकले कांग्रेस एक्लै प्रतिस्पर्धा गर्न सक्षम रहेको
भन्दै कांग्रेसको काठमाडौं महानगरपालिका समिति गठवन्धनको विपक्षमा उभिएको हो ।
सचिव सुशन वैद्यले दिएको जानकारी अनुसार मेयर, उपमेयर र ३२ वटै वडामा प्रमुख पद सहित अध्यक्ष पद समेत कांग्रेसले जित्ने बलियो आधार रहेको छ ।
गएको निर्वाचनमा काठमाडौं महानगरमा उपमेयर र १४ वडाध्यक्ष जितेको कांग्रेसले यस पटक पनि गठवन्धन गर्न नहुने महानगर कार्यसमितिको बैठकले स्पष्ट पारेको छ ।