काठमाडौं ४ वैशाख । धादिङमा सत्ता गठवन्धनका तिन दलहरु बिच चुनावी तालमेलको विषयमा सहमति नजिक पुगेको छ ।
आइतबार जिल्लाको सदरमुकाम धादिङबेसीमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूको बैठकले स्थानीय तह निर्वाचनमा प्रमुख पदको लागि तिन दलहरुबिच भागवण्डाको विषयमा सहमति भएको हो ।
बैठकमा कांग्रेसले ७, माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीले ३ स्थानीय तहको नेतृत्व लिनेबारे सहमति भएको बुझिएको छ । यता बैठकमा गठवन्धन दलका जनता समाजवादी पार्टीलाई भने खबर नगरिएको बताइएको ।
यता तिन दल मिल्दा उता एमाले जसपा र राप्रपाबीच चुनावी तालमेलको विषयमा छलफल भइरहेको बताइएको छ ।