हालै निर्माण सम्पन्न भएको नवनिर्मित धरहराको बार्दलीमा काटे राजेश हमालले जन्मदिनको केक — OSNepal

हालै निर्माण सम्पन्न भएको नवनिर्मित धरहराको बार्दलीमा काटे राजेश हमालले जन्मदिनको केक

LC (KTM) June 10, 2021 0

काठमाडौँ । महानायक अभिनेता राजेश हमाल पछिल्ला दिनमा सामाजिक संजालमा औधी सक्रिय छन् । साना ठूला जे जस्ता गतिबिधिहरु भइहालेता पनि हमालले आफ्नो फुसबुक मार्फत आफन्त र शुभेच्छुकहरुलाई जानकारी गराउने गर्छन् ।

यसैबिच बुधबार परेको जन्मदिन पनि उनले झण्डै आधा दर्जन बढी केक काट्दै बिशेष तरिकाले मनाए । बुधबार काटेका केकहरुमध्ये सबैभन्दा रमाइलो र सम्झनयोग्य माहोल हालै निर्माण सम्पन्न भएको नवनिर्मित धरहराको बार्दलीको केक रह्यो ।

हमालले धरहराबाट वरिपरिको दृश्यावलोकन गर्दै सबैभन्दा माथिल्लो तलाको बार्दलीमा केक काटेको भिडियो समेत अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ । महानायक हमालले धरहरा निर्माणका लागि दिनरात काम गरिरहेका मजदुरहरुको हौसला बढाउने उदेश्यले जन्मदिनको केक धरहरामा पनि काटेको समेत उल्लेख गरेका छन् । जन्मदिनको अवसर पारेर महानायक हमालले केही राहत समेत बाँडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर