कांग्रेसमा मेयर आकांक्षा राख्न मात्रै २५ हजार — OSNepal

कांग्रेसमा मेयर आकांक्षा राख्न मात्रै २५ हजार

LC (KTM) April 17, 2022 0

पोखरा ४ वैशाख । नेपाली कांग्रेसको केन्द्रीय कमिटीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारबाट कुनै पनि शुल्क नउठाउन निर्देशन दिएपछि पोखरामा भने मेयर र उपमेयरको आकांक्षा राख्न मात्रै २० देखि २५ हजार तिर्नुपर्ने भएको छ ।

शनिबार देखि आज आइतबा अपराह्रन ४ बजे सम्म मेयरका आकांक्षीले २५ हजार र उपमेयरको आकांक्षीले २० हजार रुपैयाँ तिरेरमात्र उम्मेदवारी दिन कांग्रेस महानगर समितिले आह्वान गरेको छ ।

धेरै आकांक्षी नहुने भनेर यस्तो गरिएको बताएको महानगर समितिले यो शुल्क नभई पार्टीलाई सहयोग भएको बताएका छन् ।

यही वैशाख ३० गते एकै चरणमा स्थानीय तह निर्वाचन हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर