आफन्त बितेपछि मलामी गएका तीन जना युवा बूढीगण्डकी नदीले बगाउँदा बे पत्ता — OSNepal

आफन्त बितेपछि मलामी गएका तीन जना युवा बूढीगण्डकी नदीले बगाउँदा बे पत्ता

LC (KTM) June 10, 2021 0

बूढीगण्डकी नदीले बगाउँदा तीन जना युवा बेपत्ता भएका छन् । धादिङको ज्वालामुखी गाउँपालिका–२ जोगीटार गाउँमा आफन्त बितेपछि मलामी गएका सोही स्थानको तीन जनालाई मंगलबार दिउँसो करिब ३ बजेतिर नदिमा नुहाउने क्रममा बगाएको प्रहरीले जानकारी दिए ।

बेपत्ता हुनेमा धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर २ बस्ने अन्दाजी २२ वर्षीय सुवास नेपाली, २२ वर्षीय दिनेश नेपाली र १९ वर्षीय सन्तोष नेपाली रहेका छन् । बेपत्ता भएकाहरुको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर