काठमाडौ ४ वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्लामा एमाले र कांग्रेसले चुनावी तालेमल गर्ने भएका छन् ।
विशेष स्रोतका अनुसार नेपाली कांग्रेसका नेता गोविन्दराज जोशी र एमाले बिच चुनावी तालेमल गर्ने विषयमा छलफल भएको बुझिएको छ ।
गएको निर्वाचनमा जोशीले रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएपछि कांग्रेसले जोशीलाई पाँच वर्षका लागि पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको थियो ।
जोशी र एमालेका जिल्ला स्तरका नेताहरु बिच तनहुँ जिल्लामा रहेका १० वटै जिल्लामा तालेमल गर्ने सहमति भएको हो ।
निर्वाचनमा उम्मेदवारीहरुमा तालेमेल भए जोशी समुहले स्तवन्त्र चिन्ह्रमा चुनाव लड्ने पनि भएको छ ।