तामाकोसीमा करेन्ट लागेर मृत्यु भएका असल्लको आफन्तले बुझे शव — OSNepal

तामाकोसीमा करेन्ट लागेर मृत्यु भएका असल्लको आफन्तले बुझे शव

LC (KTM) April 15, 2022 0

चरिकोट, २ वैशाख -दोलखाको भीमेश्वर नगरपालिका–५ तामाकोसीमा करेन्ट लागेर मृत्यु भएका व्यक्तिको शव आज आफन्तले बुझेका छन् । बिहीबार दिउँसो तामाकोसी बजारमा तार मर्मत गर्ने क्रममा नेपाल विद्युत् प्राधिकरणमा कार्यरत कर्मचारी महोत्तरी जिल्ला डाँडागाउँ गाउँपालिका–२ का २० वर्षीय असल्ल अन्सारीको करेन्ट लागेर मृत्यु भएको थियो ।

नेपाल विद्युत् प्राधिकरणको लापरवाहीका कारण प्राधिकरण मै कार्यरत कर्मचारीको ज्यान गएको भन्दै आफन्तले शव बुझ्न मानेका थिएनन् । निजको पशुपति चौँलागाईं स्मृति अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर