काठमाडौँ २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मीन्त्रपरिषद् विस्तार गरेका छन् । रिक्त रहेको सात वटा मन्त्रालयमा सात मन्त्री नियुक्त गरेका छन् । आज ४ बजे राष्ट्रपति कार्यलयमा सपथ ग्रहणको कार्यक्रम रहेको छ ।
मन्त्री हुनेमा खगराज अधिकारी गृहमन्त्री ,रामबहादुर थापा पत्नी नैनकला थापा सञ्चार तथा सूचना प्रविधिमन्त्री , नारदमुनी राना वन तथा वातावरणमन्त्री, ज्वालाकुमारी साह कृषिमन्त्री, राजकिशोर यादव उद्योग मन्त्री, गणेश पहाडी सामान्य प्रशासन मन्त्री र आशा विश्वकर्मालाई वन राज्यमन्त्रीमा सिफारिस गरिएको बालुवाटार स्रोतले जनाएको छ