लमजुङ २ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले प्रतिपक्षी बस्ने पार्टी नभएको भन्दै आगामी निर्वाचनमा बहुमत ल्याएर पाँच वर्ष सरकार चलाउने दावी गरेका छन् ।
शुक्रबार लमजुङको घले गाउँ पुगेका ओलीले ‘घलेगाउँलाई सुखी गाउँ घोषणा’ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो दावी गरेका हुन् ।
एमाले जनाताको आकर्षण पार्टी भएको भन्दै ओलीले वैशाखमा हुने स्थानीय तह निर्वाचनमा एमालेले बहुमत ल्याउन दावी समेत गरेका छन् ।
एमालेले बहुमतको सरकार बनाएर देश र जनताको समृद्धिको चाहना पुरा गर्ने समेत बताएका छन् ।
.