पोखरा २ वैशाख । नेकपा एमालेले पोखरा महानगरपालिकाको लागि महानगर प्रमुख छान्न आन्तरिक निर्वाचन नगर्नेभएको छ ।
शुक्रबार बसेको नगर कमिटीको बैठकले सर्वसम्मतिबाटै उम्मेदवारी दिएका सबैको नाम सिफारिस गर्ने सहमति भएको हो ।
महानगर प्रमुखमा १२ जना उपप्रमुखमा ११ जना आकांक्षी देखिएपछि आज मतदानबाटै उम्मेदवार छान्ने प्रक्रिया सुरु गरिएको थियो ।
तर, मतदानको अन्तिम समयमा सर्वसम्मतिबाटै सबैको नाम सिफारिस गर्ने सहमति भएको महागर कमिटी अध्यक्ष दिलिप न्यौपानेले जनाएका छन् ।