प्रधानमन्त्री ओलीले आज मन्त्रिपरिषद विस्तार गर्दै — OSNepal

प्रधानमन्त्री ओलीले आज मन्त्रिपरिषद विस्तार गर्दै

LC (KTM) June 10, 2021 0

काठमाडौँ २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहीबार फेरि मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । आज अपरान्ह्र चार बजे राष्ट्रपति निवासमा सपथ ग्रहणको समेत कार्यक्रम रहेको ओलीका प्रेस सल्लाहाकार सुर्य थापाले बताएका हुन् ।

हाल रिक्त रहेको सात वठा मन्त्रालयल ओली आफैले हेर्दै आएका छन् । रिक्त रहेको मन्त्रालयमा गृह,रक्षा उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि रहेको छ ।

जसमा मन्त्री हुनको लागि खगराज अधिकारी, महेश बस्नेत, नारदमुनी राना, नैनकला थापा लगायतको नाम अगाडी आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर