पोखरा २ वैशाख । आगामी स्थानीय तह निर्वाचनको लागि नेकपा एमालेलाई पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार छान्न सकस भएको छ ।
उम्मेदवार छान्न सकस भएसँगै आज शुक्रबार दिउँसो १२–१ बजेसम्म प्रमुख र उपप्रमुख पदको लागि मतदान हुने भएको छ ।
प्रमुख पदका लागि १२ जना र उपप्रमुख पदका लागि ११ जनाले आकांक्षा देखाएका छन् ।
प्रमुख पदका लागि दर्शन लामा, राजीब पहारी, कृष्ण बहादुर थापा लगायत आकांक्षी रहेका छन् ।