मोटरसाइकलमा सवार यी दुई जनाको साथबाट प्रहरीले बरामत गर्यो, यति धेरे नगद — OSNepal

मोटरसाइकलमा सवार यी दुई जनाको साथबाट प्रहरीले बरामत गर्यो, यति धेरे नगद

LC (KTM) June 10, 2021 0

रौतहट २७ जेठ । भारतबाट नेपालतर्फ अवैध रुपमा पैठारी गरी ल्याउँदै गरेको नगद ३० लाख ७६ हजार रुपैयाँ सहित २ जनालाई परोहा नगरपालिका-९ रामपुरखापबाट बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत मोतिहारी घोडासन बस्ने २२ वर्षीय बन्टी कुमार कलवार र सोही ठाउँ बस्ने २० वर्षीय सुरज कलवार रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ आर ४५२१ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी रामपुरखापबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार

उनीहरुको साथबाट उक्त रकम फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर