काठमाडौं -पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई सरकारले राष्ट्र गौरव पदक प्रदान गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा पूर्व प्रधानमन्त्री एवम् एकीकृत समाजवादीका नेता खनाललाई उक्त पदक बिहीबार प्रदान गरेकी हुन् ।
संविधान दिवसको अबसर पारेर सरकारले नौ सय तीनजनालाई मान(पदवी, अलङ्कार र पदकबाट विभूषण गर्ने घोषणा गरेको थियो ।