काठमाडौ १ वैशाख । आगामी वैशाख ३० गते एकै चरणमा सम्पन्न हुने स्थानीय तह निर्वाचनको लागि निर्वाचन आयोगले ३९ जिल्लाका लागि आवश्यक मतपत्र छपाइको काम सम्पन्न भएको जनाएको छ ।
दैनिक ८ लाखको हाराहारीमा छपाई भएको बताएको आयोगले आज बिहिबार पत्रकार सम्मेलन गर्दै ३९ जिल्लाका लागि ७० लाखभन्दा बढी मतपत्र छापिसकिएको जानकारी दिएको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ,’आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये आज ९२०७९ वैशाख १ गते बिहीबार०सम्म ३९ जिल्लाको ७० लाख ३३ हजार थान मतपत्र छपाइ सम्पन्न भएको छ,हाल दैनिक सरदर ८ लाख थान मतपत्र छपाइ कार्य भइरहेको छ ।’
जनक शिक्षा सामग्री केन्द्रले मतपत्रको छपाईको काम पाएको छ । दुर्गमका जिल्लामा निर्वाचन अगावै मतपत्र ढुवानी गरिसक्नुपर्ने भएकाले सुरुमा दुर्गमका जिल्लाका लागि मतपत्र छपाइ सुरु गरिएको पनि आयोगले जनाएको छ ।