मोरङ, १ वैशाख-मोरङको विराटनगर महानगरपालिका–१८ फोरलाईनस्थित सडकमा को.१ च ५३०१८ नम्बरको पिकप भ्यानबाट करिब १ सय २० केजी अवैध लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।
बुधबार राती उक्त परिमाणमा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । फोरलाइनस्थित सडकमा पिकप भ्यान रोकी चालक फरार भएपछि ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीले भ्यानको तालसी लिएको थियो ।
तलासीका क्रममा उक्त गाडीमा प्रहरीले गाँजा फेलापारी बरामद गरेको हो । हाल फरार भ्यानका चालकको प्रहरीले खोजी गरिरहेको छ ।