काठमाडौं १ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेभित्र पनि ८० प्रतिशत इमान्दार कार्यकर्ता भएपनि उनीहरुलाई नेतृत्वले बन्दी बनाएको आरोप लगाएका छन् ।
बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘एमालेभित्र पनि ८० प्रतिशत इमान्दार कार्यकर्ता छन्, उनीहरू साँच्चै क्रान्ति होस् भनेर चाहिरहेका छन् तर नेतृत्वले बन्दी बनाएर राखेको छ । प्रतिगमनकारी नेतृत्वको बन्दी बनेका छन्,’ प्रचण्डले भने ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमालेका केहि नेताहरुले प्रचण्डले पार्टी कब्जा गर्न खोजेको भन्ने विषयमा पनि गहिरो कुरो लुकेको बताएका छन् ।
उनले माओवादी जनयुद्धलाई देख्नै नसक्नेसँग प्रतिगमनकारीसँग वैचारिक बहस भएपनि इमान्दार कार्यकर्ताले ‘साँच्चिकै नेता भेटियो’ भनेर आफुलाई नेता मानेको मानेको पनि दावी गरेका छन् ।