डडेल्धुरामा एमाले वडा कमिटी पदाधिकारी एकीकृत समाजवादीमा प्रवेश — OSNepal

डडेल्धुरामा एमाले वडा कमिटी पदाधिकारी एकीकृत समाजवादीमा प्रवेश

LC (KTM) April 13, 2022 0

डडेल्धुरा, ३० चैत-डडेल्धुराकाे अमरगढी नगरपालिका–२ को एमाले वडा कमिटीका पदाधिकारीसहित सदस्यहरु नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

वडा कमिटी अध्यक्ष सागर भण्डारी र उपाध्यक्ष दानबहादुर सार्कीसहितको कमिटीका सदस्यहरू नेकपा समाजवादीमा प्रवेश गरेको एकीकृत समाजवादी सुदुरपश्चिम प्रदेश कमिटी सदस्य सकुन्तला नगरकोटीले जानकारी दिइन्।

उनले एमाले अमरगढी नगर कमिटी सचिव लक्ष्मी खडायत र अमरगढी नगर कमिटी सदस्य मोहित बुढाऐरसहित समाजसेवी प्रेमराज पन्त समेत नेकपा समाजवादीमा प्रवेश गरेको जानकारी दिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर