सबै संक्रमित निको भएपछि झापा भयो कोरोना मुक्त — OSNepal

सबै संक्रमित निको भएपछि झापा भयो कोरोना मुक्त

LC (KTM) April 13, 2022 0

झापा- जिल्लामा कोडिभ–१९ सङ्क्रमित शून्य रहेको जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयको तथ्याङ्कमा चैत ९ गतेदेखि हालसम्म कोभिडका एउटा पनि सङ्क्रमित देखिएका छैनन् । कार्यालयका खोप अधिकृत ईश्वरी पौडेलले मेची अञ्चल अस्पताल र कनकाई ल्याबमा गरी दैनिक पाँच÷छ जनाले स्वाब परीक्षण गराए पनि कोभिड पोजेटिभ नदेखिएको बताउनुभयो । “शङ्का लाग्नेमध्ये एकाध मान्छे स्वाब परीक्षणका लागि आउनुहुन्छ तर रिपोर्ट नेगेटिभ नै आइरहेको छ”, उहाँले भन्नुभयो । सीमानाकाबाट नेपाल प्रवेश गर्नेहरूको एन्टिजेन परीक्षणलाई नियमित गरिरहेको उहाँले बताउनुभयो । उहाँले जिल्लाका अस्पताल तथा होमआइसोलेशनमा समेत कोही नरहेको जानकारी दिनुभयो ।

झापामा कोभिड–१९ बाट हालसम्म ६६२ जनाले ज्यान गुमाएका छन् । जिल्लामा १२ देखि १७ वर्ष उम्मेर समूहका ९९ हजार ५७६ जनाले कोरोना भइरस विरुद्धको पूर्ण खोप लगाएका छन् भने १८ वर्ष माथिकाले छ लाख ८५ हजार ३०० जनाले पूरा खोप लगाइसकेको उहाँको भनाइ छ । उहाँले हाल जिल्लाका सबै पालिकामा टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर