काठमाडौ ३० चैत । नेकपा एमालेले र राप्रपा नेपालबिच चुनावी तालमेल हुने भएको छ ।
नेता कमल थापा नेतृत्वको राप्रपा नेपाल बिच आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सम्भव भएसम्मका पालिकामा तालमेल गर्ने भएको हो ।
बुधबार एमालेका विष्णु पौडेल , इश्वर पोखरेल तथा राप्रपाका अध्यक्ष कमल थापा बिच भएको छलफलपछि ५ बुँदे सहमतिमा हस्ताक्षर भएको छ ।
उक्त हस्ताक्षर पत्रमा राप्रपा नेपालका उम्मेदवारहरूले सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने र निर्वाचित भएपछि उनीहरू राप्रपा नेपालमै आबद्ध रहने बताइएको छ ।
साथै, राप्रपा नेपालले उम्मेदवार नदिएको स्थानमा एमालेलाई सघाउने समेत सहमति भएको छ ।
एमाले स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका सुशील कुमार श्रेष्ठले उक्त पाँच बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।