काठमाडौ ३० चैत । अवैध रुपमा अमेरिका बस्दै आएका १० नेपालीलाई हत्कडी लगाएर नेपाल डिपोर्ट गरिएको छ ।
गैर कानुनी ढंगले अमेरिका प्रवेश गरेको र राहदानी बिना अमेरिका बसिरहेका निजहरुलाई वासिङ्टन डिसीस्थित नेपाली दूतावासले उनीहरुको ट्राभल डकुमेन्ट बनाइदिएपछि केही दिनअघि मात्र गल्फ स्ट्रीम जहाजको भीएन ७४०एसएसले नेपाल ल्याएर छाडेको बताइएको छ ।
यसरी नेपाल डिपोर्ट हुनेमा राजु पौडेल, प्रविन बस्नेत,पेम्बा लामा, ध्रुब कुमार र शंकर विष्ट मगर, छिरिङ, शेर्पा, तेज बुढाथोकी, मोहन पौडेल, तिलक राउले र बिराज केसी रहेको अध्यागमन विभाग स्रोतले जनाएको छ ।
यसरी गैर कानुनी रुपमा निजहरुलाई अमेरिका पठाउने गिरोहको समुहलाई मानव बेचविखन व्यूरोले खोजी गरिरहेको छ ।
हाल उनीहरुलाई प्रहरीको मानव बेचविखन अनुन्धान ब्युरोले निगरानीमा राखेको बताइएको छ । यस भन्दा अघि पनि केहि नेपालीलाई डिपोर्ट गरिएको थियो ।