मतदाताले आफ्नै जीवन कालमा देश बनेको हेर्ने भए पार्टी र नेता फेर्न आवश्यक छ : राजेन्द्र लिङ्देन — OSNepal

मतदाताले आफ्नै जीवन कालमा देश बनेको हेर्ने भए पार्टी र नेता फेर्न आवश्यक छ : राजेन्द्र लिङ्देन

LC (KTM) April 13, 2022 0

काठमाडौं ३० चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला पार्टीलाई भोट दिएर विकास हुन्छ भन्नु साँढेको टाङमुनि बाल्टी थाप्नुजस्तै भएको बताएका छन् ।

वीरगंजमा आयोजीत एक कार्यक्रममा अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् ।
नेता र काला व्यापारीहरूले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट आएको समेत दावी गरेका उनले यो खतरनाक कुरा हो , बैंकमा नोट नहुने कुरा के हो ?कहाँ गयो त नोट ? भन्दै उनले प्रश्न गरेका छन् ।

मतदाताले आफ्नै जीवन कालमा देश बनेको हेर्नका लागि पार्टी र नेता फेर्न आवश्यक रहेको बताएका उनले उनले भने , ‘देशका ठूला राजनीतिक पार्टीले देशलाई बर्बादीको बिन्दुमा पुर्याएका छन् ।’नेता र काला व्यापारीहरूले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट आएको बताएका छन् ।

‘हामी परिवर्तित हुने हो । हाम्रै जीवनकालमा यो देश बनेको हेर्ने हो भने हामीले पार्टी र नेता फेर्ने बेला आएको छ । कोही भन्नुहुन्छ- कांग्रेस, एमाले, माओवादी, मधेसवादीलाई कतिचोटि भोट दियो भने चाँहि यो देश बन्छ होलारु तिनैलाई भोट दिएर देश बन्छ भन्नु भनेको त साँढेको टाङमुनि बाल्टी थाप्नु जस्तो हो’,उनले भने ।

यो पनि …
एकचोटी राप्रपालाई सहयोग गर्नुस् नेता र काला व्यापारीहरूले घर–घरमै थन्क्याएको नोटलाई खोस्टो बनाइदिन्छौँ : राजेन्द्र लिङ्देन

काठमाडौ ३० चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेता र काला व्यापारीहरूले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट आएको टिप्पणी गरेका छन् ।

कमिसन र भ्रष्ट्राचारबाट कमाएको पैसा बैंकमा राख्दा आम्दानीको स्रोत खुलाउनुपर्ने भएकाले घरमै थन्क्याउँदा यस्तो अवस्था आएको उनले बताएका हुन् । बीरगंजमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले बैंकमा नोट नहुनुको कारण नेताहरू र काला व्यापारीहरु मुख्य कारक रहेको बताएका छन् ।

‘नोट कहाँ गयो ? नेताहरूको घरमा । नेताहरूको र काला व्यापारीहरूको घरमा नोट थन्किएको कारणले आज देशमा आर्थिक संकट आएको छ । एकचोटी राप्रपालाई सहयोग गर्नुस् त । यिनीहरूको नोट घर–घरमै कागजको खोस्टो बनाइदिन्छौँ। गर्न सकिन्छ ।’ उनले भने ।

कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष लिङदेनले आगामी निर्वाचनमा राप्रपालाई भोट हाले घर–घरमा थन्किएका नोटलाई कागजमा परिणत गर्न क्षमता आफुहरुसँग भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर