काठमाडौँ । चर्चित कोरियोग्राफर तथा निर्देशक रेनशा वान्तवा राईका फ्यानका लागि खुशीको खबर आएको छ । निर्देशक राई दुई सन्तानको आमा बन्ने तयारीमा रहेकी छिन् ।
रेनशाको गर्भमा ५ महिनाका जुम्ल्याहा सन्तान हुर्किरहेका छन् । आमा बन्ने तयारी गरेपछि रेनशा घरमै आराम गरिरहेकी छिन् । निर्देशक राईले आफू आमा बन्ने तयारीमा लागेकाले आफू निर्देशित फिल्म ‘आई एम ट्वान्टी वान’को प्रदर्शन केही समय पछाडी धकेलिएको बताइन् ।
निर्माता तथा वान सिनेमाज्का मालिक प्रज्ज्वल शमशेर जबरासँग वैवाहिक बन्धनमा बाँधिएको केही बर्षपछि रेनशा आमा बन्न लागेकी निर्देशक राईले आँफुले सन्तान जन्माएपछि मात्र फिल्मको बिषयमा सोच्ने बताइन् ।
निर्देशक राईले निर्देशन गरेको दोश्रो फिल्म ‘आई एम ट्वान्टी वान’मा धिरज मगर र जसिता गुरुङ लगायतका चर्चित कलाकारहरुको अभिनय रहेको छ ।