काठमाडौँ । कलाकारितामा निकै चिनिएको नाम हो निर्माता, निर्देशक तथा कलाकार शोभित बस्नेत । उनै कलाकार बस्नेत अब भने राजनीतिमा होमिने भएका छन् । कलाकार बस्नेत काठमाडौंको मेयरमा उठ्ने तयारीमा लागेका छन् ।
शोभित बस्नेतलाई लोकतान्त्रिक समाजवादी पार्टीले काठमाडौंको मेयरमा टिकट दिन लागेको स्रोतले जनाएको छ । शोभित बस्नेत र पार्टीविच संझौता भैसकेको र केही दिनमा नै औपचारिक घोषणा हुने शोभित निकट स्रोतले जनाएको छ ।
लोसपा बागमती प्रदेश कमिटीका अध्यक्ष करण श्रेष्ठसाँगको छलफल पछि उनी उम्मेदवार बन्न लागेको बताइएको छ । शोभित पनि मेयर पदका लागि तयार भएको श्रोतले बतायो ।नेपाली फिल्मीकर्मीहरु स्थानिय निर्वाचन नजिकिदै जाँदा विभिन्न पार्टीमा आवद्ध भैरहेका छन् । फिल्म क्षेत्रमा सधै चर्चामा रहने शोभित बस्नेत चन्द्रागिरी नगरपालिकामा बसोबास गरेपनि उनको मतदान अधिकार भने काठमाडौंमा रहेको छ ।