घुस लिएको अभियोगमा प्रधानाध्यापकसहित २ जना समातिए — OSNepal

घुस लिएको अभियोगमा प्रधानाध्यापकसहित २ जना समातिए

LC (KTM) April 13, 2022 0

काठमाडौं ३० चैत । तिन लाख घुस लिएको अभियोगमा प्रधानाध्यापकसहित २ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिश्वेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, जोकहा, घिउरा, रौतहटका प्रधानाध्यापक राकेशकुमार ठाकुर र दिपेन्द्र सर्जिकल पसलका सञ्चालक दिपेन्द्रकुमार झा रहेका छन् ।

अख्तियारले दिएको जानकारी अनुसार ठाकुरले करार अवधि थप गर्नका लागि घुस लिएको बताइएको छ । उनलाई अख्तियारले रौतहटको यमुनामाई गाउँपालिकाको सरुअठ्ठाबाट रंगेहात पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुमाथि थप अनुशन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर