काठमाडौं ३० चैत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफुहरु गठबन्धनभन्दा पनि जनमतमा विश्वास गर्ने बताएका छन् ।आफ्नो पार्टीसँग एक्लाएक्लै लड्न सकिँदैन भनेर गठबन्धन भागबन्डामा लागेको भन्दै नेता पौडेलले यस्तो बताएका हुन् ।
‘यो गठबन्धनले जानेकै यही भागबन्डा हो । उनीहरुसँग नेकपा एमालेसँग एक्लै लड्ने ह्याउ छैन। भागबन्डा गरेर उनीहरुले एमालेको जित र अग्रता स्वीकार गरिसकेका छन् । यो भागबन्डावादी गठबन्धन हो । उनीहरु लोकतन्त्रवादी, मार्क्सवादी, लेनिनवादी, माओवादी केही होइनन्, भागबन्डावादी हुन् ।’उनले भनेका छन् ।
अहिलेको रियालिटी भनेको एमाले शक्तिशाली र बलियो छ त्यसैले अंकगणितले नसकेर परमादेशले सरकार ढाल्यो उनले अघि भने, ‘हामी गठबन्धनभन्दा जनमतमा विश्वास गर्छौं । हामी एक्लै लड्छौ, एक्लै जित्छौं ।’
अहिले देशको अर्थतन्त्र जोखिम उन्मुख भएको बताएका उनले सरकारले आफ्नो कमजोरीमा गभर्नरमाथि प्रहार गर्नु उचित नभएको बताएका उनले एमालेले चुनावी एजेन्डा बनाएको होइन । एमाले खरो र दह्रोसँग उभिने पार्टी भएको बताएका छन् ।