काठमाडौं ३० चैत । राष्ट्रिय सभा सदस्य नेता वामदेव गौतमले नयाँ वर्ष २०७९ सालको शुभकामना दिएका छन् ।
गौतमले आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनमा होमिन लागेका सबै राजनैतिक दलहरुलाई उच्च संस्कृतिले युक्त बोली र व्यवहार गर्न भन्दै नयाँ वर्षको शुभकामना दिएका हुन् ।
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सबै राजनीतिक दलका नेताहरूलाई कसैले कसैलाई गालीगलौज तथा अपमान हुने व्यवहार नगर्न अनुरोध गरेका छन् ।
यो नयॉ वर्षले नेपालका राजनीतिक पार्टीहरूको काँधमा आमनिर्वाचनलगायत धेरै नयॉ जिम्मेवारीहरू राख्दै गर्दा कुनै एउटा अगाडि लागे पनि सबै मुख्य पार्टीहरूको साथ र सद्भावको सहयोग चाहिने बताएका छन् ।
नेता गौतमले भनेका छन्,’ कुनै एउटा पार्टीले मात्र उपरोक्त कार्यभार एक्लै पूरा गर्न सक्ने छैन । कुनै एउटा अगाडि लागे पनि सबै मुख्य पार्टीहरूको साथ र सद्भावको सहयोग चाहिने छ ।’