काठमाडौं ३० चैत । निवाचनमा आयोगले गरेको निणर्यप्रति प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा अशन्तुष्ट बनेकी छन् ।
आयोगले मंगलबार गत चैत २२ गते जारी गरेको १७ बुँदे निर्देशनमा प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षकोमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिँदा महिला अनिवार्य गर्नुपर्ने व्यवस्थालाई सच्याएको विषयलाई लिएर आरजु राणा अशन्तुष्ट बनेकी हुन् ।
नेपालको संविधानको धारा ३८(४) लाई कुल्चने अधिकार निर्वाचन आयोगलाई नभएको जिकिर गरेकी उनले प्रमुख निर्वाचन आयुक्तज्यू र निर्वाचन आयोगका अन्य सदस्यज्यूहरूलाई नेपालको संविधानलाई उच्च सम्मान गर्दै यो निर्णय सच्याउन हुन हार्दिक अनुरोध समेत गरेकी छन् ।
कुनै एक पदमा मात्र उम्मेदवारी दिँदा महिला अनिवार्य गर्नुपर्ने व्यवस्थालाई लिएरु राजनीतिक दलहरुले आपत्ती जनाएपछि आयोगले मंगलबार विज्ञप्ती जारी गरी सच्याएको थियो ।
‘नेपालको संविधानको धारा ३८(४) लाई कुल्चने अधिकार निर्वाचन आयोगलाई नरहेकोबारे निर्वाचन आयोगलाई अवगत गराउँदै प्रमुख निर्वाचन आयुक्तज्यू र निर्वाचन आयोगका अन्य सदस्यज्यूहरूलाई नेपालको संविधानलाई उच्च सम्मान गर्दै यो निर्णय सच्याउन हुन हार्दिक अनुरोध गर्दछु’, आरजुले सामाजिक सञ्जालमा लेखेकी छन् ।