काठमाडौं-सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरेको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सफल भएको जनाएको छ । फागुन २९ गतेदेखि सुरु भएर आज सकिएको पार्टीको अभियान उत्साह र व्यापक जनसहभागिताका साथ सम्पन्न भएको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । देशका सातै प्रदेश, ७७ जिल्ला, ७५३ पालिका र ६ हजार ७४३ वडामा उत्साहका साथ व्यापक जनसहभागिताका साथ अभियान सफतापूर्ण रुपमा सम्पन्न भएको उनले बताएका हुन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले अभियानका उद्देश्य पूरा भएको बताए । यसक्रममा टोल टोलमा समिति गठन भएको महते बताए । अभियान स्थानीय निर्वाचनको माहोल बनाउन अत्यन्त सफल भएको उनको दाबी छ । १४औं महाधिवेशनका बेलाको प्रतिस्पर्धाले सिर्जना गरेको आपसी मतभेदलाईसमेत अभियानले मेटाएको उनको भनाइ छ ।