दुई दिनदेखि जुम्लामा विद्युत सेवा अवरुद्ध — OSNepal

दुई दिनदेखि जुम्लामा विद्युत सेवा अवरुद्ध

LC (KTM) April 12, 2022 0

जुम्ला, २९ चैत-जुम्लामा दुई दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ । विद्युत नहुँदा यहाँका नागरिक अध्यारोमा बस्न बाध्य भएका छन् ।जुम्लामा राष्ट्यि प्रसारण लाइनमा जोडिए पनि पटकपटक अवरुद्ध हुँदा यहाँका नागरिक अध्यारोमा बस्न बाध्य भएका हुन् । दैलेख, कालिकोट खण्डमा विद्युत प्रसारण लाइनमा खराबी आएपछि बिजुली अवरुद्ध भएको विद्युत प्रराधिकरणले जनाएको छ ।

कालिकोटदेखि जुम्ला ११ केभिए राष्ट्यि विद्युत प्रशारण लाइन जडान भएको छ । तर, पटक पटक बिग्रने भएका कारण जुम्लीले बिजुली आपूर्तिको समस्या जुम्लावासीले भोग्दै आएका छन् ।

३३ केभिएको लाइन जुम्ला नपुगेसम्म बिजुली आपूर्तिमा समस्या आइरहने नागरिक समाजका अगुवा राजबहादुर महत बताउँछन् । दुई दिनदेखि बिजुली आपूर्ति नहुँदा स्थानीयवासीले मोबाइलसमेत चार्ज गर्न पाएका छैनन् ।

नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले विद्युत प्रसारण लाइनमर्मत जारी रहेको बताए । यहाँ उत्पादित बिजुलीको क्षमताले सबै ठाउँमा धान्न सकेको छैन । उनले भने, ‘जुम्लामा उत्पादन भएको घघुत्ती पावरहाउसबाट भ्याससम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, टुँडिखेल, बजार, विजयनगर क्षेत्रमा लाइन सञ्चालन गर्ने तयारीमा छौँ ।’

नेपाल विद्युत प्राधिकरण दैलेख वितरण केन्द्रका प्रमुख गौरव पाण्डेले बताए । उनका अनुसार दुल्लु कालिकोट ३३ केभिए लाइनमा समस्या देखिएको हो । त्यो क्षेत्रमा कालिकोट वितरण केन्द्रले हेर्ने हो । अहिले छाेटाे समयका लागि कोहलपुरबाटै बिजुली आएको छैन । त्यो त एकैछिनमा आउँछ । यस्तै, कालिकोट वितरण केन्द्रका प्रमुख नारायणप्रसाद पौडेलेका अनुसार दुल्लु खण्डमा समस्या आएको हो । मर्मतका लागि टोली पुगेको छ । मंगलबार बेलुकासम्म लाइन आउने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर