काठमाडौ २९ चैत । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गभर्नरलाई निलम्बन गर्नुको कारण सरकारले जनतालाई जवाफ दिनुपर्ने बताएका छन् ।
आफ्नै पार्टीले सरकारको नेतृत्व गरिरहेको यो अवस्थामा गर्भनरलाई निलम्बन गर्नु गैरजिम्मेवारीपनको पराकाष्ठ भएको उनले बताएका छन् ।
मंगलबार काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियनले आयोजना गरेको कार्यक्रममा सहभागी भएका उनले अर्थ मन्त्रालयले गरेको गलत काम रोक्ने काम राष्ट्र बैंकको भएको भन्दै विश्वका हरेक देशमा गभर्नर र अर्थ मन्त्रालयबीच खटपट हुने दावी गरेका छन् ।
‘विदेशी सञ्चिति ६ महिनाको मात्र छ, विलासी वस्तुको आयात रोक्नुहोस् भन्नुभयो । हामीले पनि भनिरहेको विषय हो । उहाँलाई किन निलम्बन गरियो रु त्यसको जवाफ सरकारले जनतालाई दिनुपर्छ ।’ कार्यक्रममा कोइरालाले भने ।
आफ्नै दलको सरकार रहेको कोइरालाले प्रश्न गर्दै सरकारलाई भने, ‘ओम्नीकान्डमा मुछिएका सुनील पौडेललाई नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा किन नियुक्त गरेको ?’
राजदूतहरूको नियुक्तिमा समेत संविधानको खिलाफ भएको दावी गरेका उनले समावेशी नभएको भन्दै सरकारसँग अशन्तुष्ट भएका छन् ।
‘टेलिकममा एमडी नियुक्ति जो हुनुभयो, मैले सुनेको उहाँ ओम्नीमा पनि हुनुहुन्छ । विवादित व्यक्तिलाई किन नियुक्त गर्नुपर्यो रु सबैले विरोध गरेको हो । यसको जवाफ सरकारले जनलाई दिनुपर्छ ।’ उनले अघि भने ।