मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह वैशाख पहिलो साता — OSNepal

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह वैशाख पहिलो साता

LC (KTM) April 12, 2022 0

कर्णाली, २९ चैत -मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह आगामी वैशाख ६ गते हुने भएको छ । यसअघि यही चैत १६ गते निर्धारण भई स्थगित भएको दोस्रो दीक्षान्त समारोह सुर्खेतको कुइनेपानीस्थित विश्वविद्यालयको केन्द्रीय परिसरमा वैशाख ६ गते आयोजना हुने रजिष्ट्रारको कार्यालयले जनाएको छ ।

विश्वविद्यालयका सूचना प्रविधिविज्ञ उपप्राध्यापक पञ्चदेव भट्टका अनुसार दीक्षान्त समारोहको अध्यक्षता कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख आतिथ्यता नोबेल पुरस्कार विजेता कैलाश सत्यार्थीले गर्नुहुनेछ । भारतीय नागरिक सत्यार्थी बालश्रमविरुद्धको विश्वव्यापी अभियानका अध्यक्ष हुनुहुन्छ । विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह २०७४ असारमा भएको थियो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर