काठमाडौं २९ चैत । राष्ट्रिय सभा सदस्य नारायण दाहालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिवार भएकै कारण आफुले अवसर गुमाउँदै आएको बताएका छन् ।
दाहाललाई राष्ट्रिय सभा सदस्य मनोनय गरेसँगै चौतर्फी आलोचना भएपछि उनले यसरी आफ्नो बताउ गरेका हुन् । आफ्नो बचाँउ गर्दै प्रचण्डका भाइ नारायण दाहाले प्रचण्ड परिवारको सदस्य भएकै कारण धेरै अवसर गुमाउनु परेको बताएका हुन् ।
प्रचण्डका भाई दाहालले राष्ट्रियसभा सदस्यको पद तथा गोपनियताको सपथ लिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफु प्रचण्डकै परिवार भएकै कारण अवसरहरु गुमाउँदै आएको बताएका हुन् ।
‘अध्यक्ष र म एकैदिन होलटाइमर भएर हिँडेको । म निरन्तर पार्टीमा छु, निरन्तर काम गरेको छु ।’मेरो दाबी छ, यस्तै बाहिरका कुराले मैले जति अवसरहरु पाउनुपर्ने हो, त्यो गुमाएको छु ।’ उनले भने ।
माओवादी सशस्त्र विद्रोहमा आफू मात्र नभई सिङो परिवार नै युद्धमा होमिएको बताएका उनले प्रचण्डको परिवारको सदस्य भएकै कारण अवसर पाएको भन्ने भनाइ लगत भएको दावी गरेका छन् ।
हिजो युद्धमा हिँड्दा तपाईंका छोराछोरीहरु के भन्ने प्रश्न आउँथ्यो,’ म गर्वका साथ भन्छु, हाम्रो परिवारमा अध्यक्षकै छोराछोरीदेखि मेरो छोराबुहारी, श्रीमती सबै युद्धमै थियौं ।’ उनले भने ।
भरतपुरकी मेयर रेनु दाहाल प्रचण्डकी छोरीलाई आफुहरुले खोजेको नभई भरतपुरका जनताले खोजेको जिकिर समेत गरेका छन् ।