काठमाडौं २९ चैत । आगामी निर्वाचनको लागि सत्ता गठवन्धनमा करिब भागवण्डाको विषय टुंगो लागेको छ । देशका ६ मध्ये तीन महानगरको नेतृत्व काँग्रेसले र बाँकी तीनवटा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले लिने सहमति भएको बताइएको छ ।
अघिल्लो निर्वाचनमा महानगरपालिकामा जुन पार्टीले जितेको सोही पार्टीलाई दिने गरी सहमति जुटेको जनाइएको छ ।
विशेष स्रोतले दिएको जानकारी अनुसार कांग्रेसले काठमाडौं ललितपुर र विराटनगर तथा माओवादी केन्द्रले भरतपुर, एकीकृत समाजवादीले पोखरा तथा जनता समाजवादीले वीरगन्जको मेयर लिने सहमति भएको पाइएको छ ।
तथापी, पोखरा महानगरपालिका र काठमाडौं महानगरपालिकाको भागबन्डाका विषयमा थप निणर्य आज बसने सत्ता गठवन्धनको बैठकले गर्ने भएको छ । अघिल्लो निर्वाचनमा जितेको आधारमा भागवण्डा लगाउँदा पोखरा र काठमाडौं एमालेले जितेको हो ।
आसन्न स्थानीय निर्वाचन यही वैशाख ३० गते एकै चरणमा देशभर सम्पन्न हुने भएको छ ।