काठमाडौं २९ चैत । नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा गठवन्धनलाई निरन्तरता दिनुपर्नेमा जोड दिएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार जारी गरेका परिपत्रमा निर्वाचनमा जाँदा गठवन्धनलाई साथ दिनु पर्ने उल्लेख गरिएको हो ।
यदि एक्लै लड्नु पर्ने अवस्था आए केन्द्रको स्वीकृति लिनु पर्ने परिपत्रमा बताइएको छ ।
परिपत्रमा भनिएको छ, ‘गठबन्धनमा तालमेलका लागि प्राथमिकताका साथ जोड गर्ने,केही स्थानमा तालमेल हुन नसक्ने अवस्था आएमा र गठबन्धनकै दलहरुबीच स्वस्थ प्रतिष्पार्धा गर्नुपर्ने अवस्था आएमा केन्द्रको स्वीकृति लिई गर्नुपर्ने ।’
प्रदेश समितिका नाममा जारी उक्त परिपत्रमा सबै उम्मेद्वारहरुको सिफारिस बैशाख ५ गते भित्र गरिसक्नु जानकारी समेत गराइएको छ ।