काठमाडौ २९ चैत । नेकपा एमालेकी नेत्रृ तथा पूर्वराष्ट्रियसभा सदस्य कोमल वलीले प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनलाई सत्तासँग जोडेको आरोप लगाएकी छन् ।
कांग्रेसको इतिहास सक्काएर प्रकाशमान सिंहले आफ्नो श्रीमतीलाई मेयर बनाउनेमा जोडेको भन्दै वलीले रामचन्द्र पौडेल र कृष्ण सिटौलाले पनि आफ्नो क्षेत्रमा जित्नलाई गठबन्धनसित जोडेर कांग्रेसलाई कलंकित पार्ने काम गरेको बताउँदै यस्तो आरोप लगाएकी हुन् ।
वलीले सामाजिक सञ्जालमा भनेकी छन्, ‘कांग्रेसको जुन इतिहास हो यिनीहरूले कलंकित बनाए । कांग्रेसका लागि यो ठूलो लस हो । कांग्रेसको जुन इतिहास हो यिनीहरूले कलंकित बनाए । यो गठबन्धन कांग्रेसलाई ठूलो लस हो ।’
‘देउवाले गठबन्धनलाई सत्तासँग जोडे । उनका विगतका आलोचकहरू प्रकाशमान सिंहले आफ्नो श्रीमतीलाई मेयर बनाउनेमा जोडे । र, आफ्नो बाको इतिहास सक्काए । रामचन्द्र पौडेल र कृष्ण सिटौलाले आफ्नो क्षेत्रमा जित्नलाई गठबन्धनसित जोडे र कांग्रेसलाई धेरै ठूलो घात गरे,कांग्रेसको जुन इतिहास हो यिनीहरूले कलंकित बनाए । कांग्रेसका लागि यो ठूलो लस हो । कांग्रेसको जुन इतिहास हो यिनीहरूले कलंकित बनाए । यो गठबन्धन कांग्रेसलाई ठूलो लस हो ।’