काठमाडौँ २८ बैशाख । काठमाडौं उपत्यकामा तेस्रो पटक १५ दिन निषेधाज्ञा थप भएको छ । आज मंगलबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा थप गरी जेठ १३ गते सम्म पुर्याउने निणर्य गरेको हो । बैठकमा राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निणर्य भएको छ ।
त्यस्तै पछिल्लो समय विवाह,ब्रतबन्ध र पुजाबाट संक्रमण फैलिएकाले यसलाई पनि रोक लगाउने साथै घर भित्रै गर्दा पनि १० जना बाहेक भेला हुन नपाइने निणर्य भएको छ ।