काठमाडौ २९ चैत । सत्तारुढ दल नेपाली कांग्रेसले अर्थमन्त्री जनार्दन शर्मालाई परिर्वतन गर्न प्रस्ताव गरेको छ । सोमबार बसेको सत्ता गठवन्धनका शिर्ष नेताहरुको बैठकमा शर्मालाई हटाउन केहि कांग्रेस नेताले प्रस्ताव गरेका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत सहभागी उक्त बैठकमा प्रचण्डलाईअर्थमन्त्री तपाईंको पार्टीको भएकाले गठवन्धन सरकारका प्रधानमन्त्रीले सिधै परिर्वतन गर्न नमिल्ले बताउँदै बैठकमा शर्मालाई फिर्ता बोलाएर अर्को व्यक्ति लैजान प्रचण्डलाई भनिएको बुझिएको छ ।
उक्त प्रस्तावमा प्रचण्डले भने अर्थमन्त्री मात्र नभई अन्य केहि मन्त्रीको काम पनि सन्तोषजनक नभएको भन्दै हेरफेर गर्न आवश्यक रहेको बताएका थिए । साथै बैठकमा सहभागगी महामन्त्री गगन थापाले भने गर्भनर हटाउनुको कारण प्रधानमन्त्रीसँग जवाफ मागेका थिए ।
निर्वाचन नजिकिँदै गर्दा शर्मालाई हटाए कार्यकर्तामाझ राम्रो सन्देश नजाने भएकाले यस विषयमा निर्वाचन पछि कुरा गर्ने बताइएको छ । गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारको निणर्य पछि शर्माको राजीनामा माग गरिएको हो ।