एनएमबि बैंकद्धारा प्राक्टिकल एक्शन परियोजनाको सहयोगमा ५२ हजार थान सुधारिएको चुल्हो बितरण — OSNepal

एनएमबि बैंकद्धारा प्राक्टिकल एक्शन परियोजनाको सहयोगमा ५२ हजार थान सुधारिएको चुल्हो बितरण

LC (KTM) April 11, 2022 0

एनएमबि बैंक लिमिटेडले प्राक्टिकल एक्शन दक्षिण एशिया क्षेत्रिय कार्यालय काठमाण्डौंको रिजल्ट बेस्ड फाईनान्सिङ परियोजना अन्तर्गत परियोजनाको सहयोगमा हाल सम्म ५२ हजार चुल्हो बितरण गरेको छ । बैंकले प्राक्टिकल एक्शन संग मिलेर उक्त परियोजनाको लागि कोष ब्यवस्थापकको रुपमा काम गरेको थियो ।

परियोजना अन्तर्गत नेपालमा सुधारिएको चुल्हो बितरण गरेर ग्रामिण भेगका जनताहरुको जिवनस्तर सुधार गर्ने उदेश्यका साथ प्राक्टिकल एक्शन परियोजना संग बैंकले सहकार्य गर्दै आएको छ । अहिले नुवाकोट, धादिङ्ग, गोर्खा, रसुवा, चितवन, मकवानपूर, पर्वत, म्याग्दि, बाग्लुङ्ग, अर्घाखांची, गुल्मि र स्याङ्गजाका बिभिन्न ग्रामिण भेगमा सुधारिएको चुल्होहरु बितरण गरिएको छ ।

बैंकको भ्यालु बेस्ड बैंकिंङको अवधारणाहरु मध्येको “नाफाभन्दा अघि मानिसहरुको बारेमा सोंच्ने” सिद्धान्त अनुसार बैंकको लघुबित्त बिभागले प्राक्टिकल एक्शनसंग सहकार्य गरेर उक्त परियोजना सफलतापूर्वक सम्पन्न गरेको हो । यस परियोजनाको साथसाथै अन्य बिभिन्न परियोजनाहरु संग सहकार्य गरेर सेवा प्रदान गर्दै आईरहेको छ । एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो ।

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’प्राप्त गरि सकेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर