काठमाडौं २८ चैत । अर्थमन्त्री जर्नादन शर्माले अर्थतन्त्र ठूलो संकटमा गयो भनेर प्रचार गर्नुपर्ने कुनै अवस्था नभएको स्पष्ट पारेका छन् ।
सोमबार पत्रकार सम्मेलन गर्दैै अर्थमन्त्री शर्माले देशमा आर्थिक संकटको अवस्था आयो भनेर गलत प्रचारबाजी भइरहेको भन्दै यस्तो बताएका हुन् ।
आम जनमानस र व्यावसायिक जगतलाई हतोत्साहित गर्न नहुने बताएका उनले यस विषयमा राजनीतिकरण गर्न नहुने बताएका छन् ।
नेपालको कुल सार्वजनिक ऋण १८ खर्ब ५४ अर्ब मात्रै रहेको जानकारी दिएका उनले यो कुल गाहस्थ उत्पादनको ४३.४ प्रतिशत हुने स्पष्ट पार्दै भने, ‘जुन दक्षिण एसियाको अन्य मुलुकको तुलनामा न्यून हो ।’
अर्थतन्त्रका सूचकहरु सार्वजनिक गर्दै अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्ने मन्त्री शर्माले सम्मेलनमा बताए ।