काठमाडौं २८ चैत । नेकपा एमालले २७ वर्षीय युवकलाई गाउँपालिकाको अध्यक्षको लागि सिफारिस गरेको छ ।
कञ्चनपुरको बेलडाँडी गाउँपालिका अध्यक्षमा एमालेले २७ वर्षीय युवक ईन्द्र पौडेलको सिफारिस गरेको हो । पश्चिमाञ्चल इञ्जिनियर क्याम्पसमा पोखरामा स्ववियु सभापतिसमेत रहेका पौडेल विद्यार्थी राजनीतिकमा निकै सक्रिय रुपमा लागि परेका छन् ।
मालेले उनलाई आगामी वैशाख ३० गते हुने स्थानीयत तह निर्वाचनको लागि पौडेलको नाम अध्यक्षमा सिफारिस गरेको हो । एमालेको आज बेलडाँडीमा बसेको बैंठकले निणर्य गरेको हो ।