काठमाडौं -मेलम्ची खानेपानी आयोजनाको दोस्रो पटक उद्घाटन हुने भएको छ।खानेपानी मन्त्रालयले औपचारिक रूपमा मंगलबार फेरि प्रधानमन्त्री शेरबहादुर देउवा र खानेपानी मन्त्री उमाकान्त चौधरीले उद्घाटन गर्न लागेका हुन् । मेलम्ची खानेपानी विकास समितिका अनुसार हेडवर्क्स र सुरूङ सफा गर्ने सकिए पछि पानी भोलीबाट काठमाडौं झर्ने बताइएको छ ।
गत असारमा आएको बाढीले हेडवर्क्स पुरेको थियो भने सुरूङमा पनि क्षती भएको थियो । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता डिभिजनल इन्जिनियर राजेन्द्र पन्तले अनुसार अस्थायी रूपमा पानी ल्याउनका लागि सबै संरचना तयार भएको बताए। चुनाव नजिकिएका कारण मेलम्चीको पानी अस्थायी रूपमा भए पनि काठमाडौं झार्नैपर्ने दबाबमा सरकार थियो।